काठमाडाैँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताएका छन् ।मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सबै राजनितिक दलहरुको चाहाना अनुरुप नै देश निर्वाचनमा होमिएको बताए ।निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरूले भने अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको उनले आरोप लगाए ।
निर्वाचन गर्ने जिम्मेवारीलाई छाडेर आफैँ चुनावी मैदानमा होमिनुले गम्भीर नैतिक प्रश्न उठाएको उनको भनाइ छ । उनले मन्त्रीहरू नै पदबाट हटेर चुनाव लड्न हिँड्नुले निष्पक्ष चुनाव हुनेमा शंका पैदा भएको पनि बताए ।राजीनामा दिएर निर्वाचन लड्न पाउने संवैधानिक अधिकार भएपनि यसले गम्भीर नैतिक प्रश्न भने उठाएको उनको भनाइ छ ।उनले मन्त्री बनेकाहरु नै विभिन्न पार्टी प्रवेश गर्ने तथा आफ्नै पार्टी खोलेर चुनावी प्रतिस्पर्धामा होमिनुले जेनजी आन्दोलन, सरकारी संयन्त्रमाथीको आगजानी लगायतका घटनाक्रमका ‘पर्दा’हरू विस्तारै खुल्न थालेको बताए ।




.gif)



