images

२०८३ आश्विन १८ गते

images
images
images
  • Uncategorized
  • महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र...

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • महोत्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा २५८ वटा मतदानस्थल तोकिएका छन् ।जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ५३६ वटा मतदान केन्द्र कायम गरिएको जानकारी दिए । उनका अनुसार यसअघि जिल्लामा ४९९ वटा मतदान केन्द्र रहेकामा ३७ थप गरी ५३६ पुर्‍याइएको हो ।

    images
    images

    चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६२ मतदानस्थल र १३३ वटा मतदान केन्द्र कायम गरिएको झाले उल्लेख गरे ।निर्वाचन क्षेत्र नं ३ मा ७७ मतदानस्थल र १४२ वटा मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं ४ मा ६० मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी झाले बताए । उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चार लाख ३१ हजार २८२ जना मतदाताले मतदान गर्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend