काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सेयरधनीहरूलाई वितरण गरेको छ।साधारणसभाले पुस २० गतेसम्म कायम सेयरधनीका लागि आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने करसहित) वितरणको प्रस्ताव पारित गरेको थियो।
सभाले पारित गरेको सोही ४ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा पुस ३० गतेदेखि वितरण गरेको हो। बोनस सेयर भने नेप्से र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता तथा सूचिकृत भएपछि मात्रै सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ।




.gif)



