images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • प्रभु महालक्ष्मी लाइफका ‘एमडीआरटी’ विजेता भैरहवामा...

प्रभु महालक्ष्मी लाइफका ‘एमडीआरटी’ विजेता भैरहवामा सम्मानित

प्रभु महालक्ष्मी लाइफका ‘एमडीआरटी’ विजेता भैरहवामा सम्मानित

images
images
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम ‘एमडीआरटी–२०२६’ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म तीन दिन चलेको सम्मान कार्यक्रम उल्लास र उत्सवका साथ भव्य रूपमा सम्पन्न भएको हो ।कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ प्रसाईंले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने बताए । अभिकर्ताको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै उनले उच्च सम्मान प्रकट गरे । एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैंमा गौरवको विषय भएको भन्दै उनले अभिकर्ताहरूलाई बधाई तथा आगामी वर्षहरूमा पनि निरन्तर सफलताको शुभकामना दिए ।

    images
    images

    प्रसाईंले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रूपमा लिएको धारणा राखे । योग्यहरूको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने भन्दै उनले यो समय निरन्तर कार्य गरेर प्राप्त सफलतालाई ‘सेलिब्रेसन’ गर्ने समय भएको बताए । सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि ऊर्जा प्राप्त हुने र यो ऊर्जाको परिणाम आगामी वर्षहरूमा देखिने विश्वास उनले व्यक्त गरे । नायब महाप्रबन्धक एवं नेसनल सेल्स हेड सोनबहादुर मगरले स्वागत मन्तव्य राखेका थिए । अन्तर्राष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको उनले बताए । अभिकर्ता पेसा छनोट गरेकाहरूको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान गरेको उनको भनाइ थियो ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय ट्रेनर अमित शर्माले व्यावसायिक बिक्री कलाको क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरेका थिए । साथै चर्चित कलाकार सन्दीप क्षेत्रीको प्रेरणादायी तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend