images

२०८३ आश्विन २० गते

images
images
images

सिबिफिनको अध्यक्षमा प्रचण्ड, महासचिवमा एनएमबीका गोयल

सिबिफिनको अध्यक्षमा प्रचण्ड, महासचिवमा एनएमबीका गोयल

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि सञ्चालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो ।सिबिफिनको विधानअनुसार कार्यसमितिका पदाधिकारी वा सदस्यहरूले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएलगत्तै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था रहेको छ ।

    images
    images

    प्रचण्ड बहादुर श्रेष्ठ यसअघि कार्यसमितिको महासचिव थिए । नवनियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गर्दै आफूलाई विश्वास एवं भरोसा गरी सिबिफिनको अध्यक्षको जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । सिबिफिनका संस्थापक अध्यक्ष तथा हालका प्रेसिडेन्ट इमेरिट्स पवनकुमार गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले निर्माण गरेको सिबिफिनको विरासतलाई अक्षुण्ण राख्दै बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकका रूपमा सिबिफिनलाई अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।नेपालको अर्थतन्त्रको आधारशिलाका रूपमा रहेको बैंकिङजस्तो अपरिहार्य एवं संवेदनशील क्षेत्र आज चुनौतीपूर्ण र असुरक्षित बन्दै गएको उनले बताए । करोडौँ जनताको जीवन र राष्ट्रकै भविष्यसमेत जोडिएको बैंकिङ क्षेत्रको साझा हित प्रवर्द्धन, बैंकिङ क्षेत्रप्रतिको आम जनविश्वास एवं भरोसा अभिवृद्धि, वित्तीय स्थायित्व र दिगो विकासमार्फत सुदृढ अर्थतन्त्र एवं समुन्नत राष्ट्र निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकाय तथा समग्र निजी क्षेत्रसँग हातेमालो र निकट सहकार्यलाई प्रमुख प्राथमिकता दिने उनले बताए ।

    नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सोही दिन बसेको कार्यसमिति बैठकले सिबिफिनको महासचिवमा एनएमबी बैंकका अध्यक्ष मनोजकुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनीत गरेको छ । तत्कालीन महासचिव प्रचण्ड बहादुर श्रेष्ठ अध्यक्षमा मनोनीत भएसँगै महासचिव पद रिक्त भएको थियो भने एनआईसी एशिया बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवालले यसअघि नै बैंकको अध्यक्षबाट राजीनामा दिएका कारण उनले सम्हाल्दै आएको कोषाध्यक्ष पद पनि रिक्त रहेको थियो ।महासचिव गोयल एक कुशल र अनुभवी बैंकरका रूपमा परिचित छन् । उनले नबिल बैंक, तत्कालीन बैंक अफ काठमाण्डू, क्लिन इनर्जी डेभलपमेन्ट बैंक तथा तत्कालीन नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको उच्च व्यवस्थापन तहमा काम गरिसकेका छन् ।

    images
    images

    कोषाध्यक्ष नेपाल नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा एक अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंकका निर्देशक, तत्कालीन लक्ष्मी बैंकका सञ्चालक तथा नागरिक लगानी कोषका कार्यकारी निर्देशकजस्ता महत्वपूर्ण पदमा रही कुशल प्रशासक र अनुभवी बैंकरको परिचय बनाएका छन् ।सिबिफिनको विधानअनुसार कार्यसमितिका पदाधिकारी पद रिक्त हुन आएमा कार्यसमितिमै बहाल रहेका सम्बन्धित समूहका सदस्यहरूमध्येबाट मनोनीत गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूमध्येबाट मनोनीत गर्ने व्यवस्था बमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनीत गरिएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend