images

२०८३ आश्विन २३ गते

images
images
images

उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष फेरियो

उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष फेरियो

images
images
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष फेरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर राष्ट्र बैंकले आधार वर्ष फेरेको हो ।

    images
    images

    नयाँ मूल्य सूचकांकमा एक सय ३६ नयाँ वस्तु थपिएको छ । राष्ट्र बैंकले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ सूचकांकअनुसार पाँच सय २५ वस्तु कायम रहने जानकारी गराएको हो । 

    यसअघि राष्ट्रबैंकले आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्दै आएको थियो । राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले नयाँ मूल्य सूचकांकमा राष्ट्र बैंकको प्रयोगमा नआएका एक सय छ वस्तु हटाएर एक सय ३६ नयाँ वस्तु थप गरिएको जानकारी दिए ।

    images
    images

    निर्देशक भट्टले भने, 'यसअघि उपभोक्ता मूल्य सूचकांकको बास्केटमा ४८० वस्तु रहेको थियो, अब नयाँ सूचकांकमा ५२५ वस्तु कायम गरिएको छ ।' उनले अब कतिपय वस्तुहरूका समूहसमेत परिवर्तन गरिएको जानकारी दिए ।

    नयाँ मूल्य सूचकांकले नेपालको मुद्रास्फीति थप अनुमानयोग्य हुने भन्दै उनले अनुसन्धानकर्ता तथा यसको प्रयोगकर्ताका लागि उपयोगी हुने दावी गरे ।

    राष्ट्र बैंकले राष्ट्रिय तथ्यांक कार्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्यांक विभागको सहयोगमा १० वर्षअगाडिको पुरानो सर्वेक्षणलाई हटाएर नयाँ मूल्य सूचकांक सार्वजनिक गरौँ भनेको निर्देशक भट्टले बताए । नयाँ मूल्य सूचकांक सार्वजनिक भएपछि तथ्यांकलाई थप पारदर्शी र यथार्थपरक बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

    गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिको तथ्यांक र बजारको महँगी मेल नखाने गरेको गुनासोलाई सम्बोधन गर्नका लागि नयाँ तथ्यांकले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    'नेपाली बजारका वस्तुको मूल्यमा भएको परिवर्तन र राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्यांक नमिल्ने भन्ने गुनासो आउनु स्वाभाविक हो, कहिलेकाहीँ कुनै घटनाले तथ्यांकअनुसार मूल्य मिल्दैन,' उनले भने, 'जस्तो केही कारण काठमाडौँ छिर्ने मालवाहक सवारी साधन रोकियो कुनै पनि सामानको मूल्य बढ्न गई त्यसको ‘रिफलेक्सन’ राष्ट्र बैंकको तथ्यांकमा देखिँदैन ।'

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend