images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव: कुल...

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव: कुल कर्जाको ५० प्रतिशत हिस्सा कृषि क्षेत्रमै

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव: कुल कर्जाको ५० प्रतिशत हिस्सा कृषि क्षेत्रमै

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौँ । कृषि विकास बैंकले आफ्नो कुल कर्जा वृद्धि लक्ष्यको आधा हिस्सा कृषि क्षेत्रमै लगानी गरेको छ। बैंकको ५९औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै लक्ष्यको ५० प्रतिशत लगानी यसै क्षेत्रमा केन्द्रित गरिएको जानकारी दिए।ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारलाई विशेष ध्यान दिएको उल्लेख गर्दै सिइओ गुरुङले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रलाई बैंकले प्राथमिकतामा राखेको बताए। बैंकले आफ्नो व्यवसाय विस्तारसँगै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमुखी लगानीमा जोड दिँदै आएको उनको भनाइ छ।

    images
    images

    आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ। यस अवधिमा कुल निक्षेप २०.३१ प्रतिशतले वृद्धि भई २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाहतर्फ पनि ८.४० प्रतिशतको बढोत्तरी हुँदै २ खर्ब २४ अर्ब रुपैयाँ पुगेको गुरुङले बताए। आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको निक्षेप ३ खर्ब २४ अर्ब ७९ करोड र कुल कर्जा प्रवाह २ खर्ब ३० अर्ब २७ करोड रुपैयाँ पुगेको छ। बैंकको निष्क्रिय कर्जा कुल लगानीको तुलनामा ४.५२ प्रतिशत रहेको जानकारी समेत सो अवसरमा दिइयो। सरकारी स्वामित्वको यो बैंकले परम्परागत बैंकिङभन्दा माथि उठेर किसान र उत्पादनशील क्षेत्रको सारथिका रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend