images

२०८३ आश्विन २३ गते

images
images
images

पाँच पालिकामा १ सय ९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने

पाँच पालिकामा १ सय ९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने

images
images
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • तनहुँ। मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ । 

    images
    images

    जिल्लाको व्यास नगरपालिका र आबुँखैरेनी, बन्दीपुर, ऋषिङ तथा घिरिङ गाउँपालिकामा उक्त टावर निर्माण गर्न लागिएको हो ।

    सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने यहाँका विभिन्न ठाउँमा जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

    images
    images

    उनकानुसार एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै बुटवल सवस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिनेछ ।

    एमसिए नेपालले चार सय केभी न्यू दमौली सवस्टेसन निर्माणका लागि गत साउन १६ गते ठेक्का सम्झौता गरिसकेको छ । 

    जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशित गरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीले हकदैया भोगचलनसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रशासन कार्यालय वा एमसिए नेपालको तनहुँस्थित सम्पर्क कार्यालय वा आयोजनाको सार्वजनिक सूचना केन्द्रमा निवेदन दिन सकिने जनाएको छ ।

    सूचनामा चित्त नबुझ्ने व्यक्तिले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को उपदफा (२)बमोजिम १५ दिनभित्र गृहमन्त्रालयमा उजुरी गर्नसक्ने पनि जनाइएको छ ।

    मूल्य निर्धारण समितिले जग्गाको मूल्य निर्धारण गर्नुअघि स्थलगत निरीक्षण गरिसकेको छ । मालपोत कार्यालयले तोकेको मूल्याङ्कन, सम्बन्धित वडा कार्यालयको चलन चल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले तोकेको मूल्य, बाटोको दूरी तथा जङ्गल क्षेत्रको आधारमा जग्गाको मूल्याङ्कन गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

    नेपाल-भारत सीमानासम्म तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण हुने मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले जनाएको छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend