images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • इन्फिनिटी लघुवित्तद्वारा वृद्धवृद्धालाई फलफूल, भोजन र...

इन्फिनिटी लघुवित्तद्वारा वृद्धवृद्धालाई फलफूल, भोजन र आर्थिक सहयोग

इन्फिनिटी लघुवित्तद्वारा वृद्धवृद्धालाई फलफूल, भोजन र आर्थिक सहयोग

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौँ, ७ माघ । गैंडाकोट, नवलपरासीमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव विशेष सामाजिक कार्य गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले देवघाट स्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण, भोजन गराउनुका साथै आर्थिक सहयोग प्रदान गरेको छ ।

    images
    images

    संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानिश्वर पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुखहरू, केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरू तथा उक्त वृद्धाश्रमका व्यवस्थापन तथा वृद्धवृद्धा आमा बुवाहरुको उपस्थिति रहेको थियो । आश्रम व्यवस्थापन समितिले इन्फिनिटी लघुवित्तले देखाएको यो मानवीय सेवा र सद्भावप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend