काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने भएको छ । बुधबार साधारणसभासम्बन्धी सूचना जारी गर्दै निगमले आगामी साधारणसभाबाट पारित भएपछि सो लाभांश वितरण गर्ने जनाएको छ । साधारणसभा माघ २८ गते बुधबारका दिन निगमकै बबरमहलमा रहेको सभा हलमा बस्ने निर्णय सञ्चालक समितिले गरेको छ ।
निगमको तथ्याङ्क अनुसार चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा निगमले सेयरधनीहरूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो ।




.gif)



