images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • दोहोरो अंकको वृद्धिसँगै २७ सयको विन्दुमाथि...

दोहोरो अंकको वृद्धिसँगै २७ सयको विन्दुमाथि नेप्से, ११ अर्ब ८५ करोडको कारोबार

दोहोरो अंकको वृद्धिसँगै २७ सयको विन्दुमाथि नेप्से, ११ अर्ब ८५ करोडको कारोबार

images
images
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाखको सेयर कारोबार भएको ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

     आज एनआरएनए इन्फ्रास्ट्रक्चरको सर्वाधिक ४० करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको ३९ करोड ३ लाख रुपैयाँ र तेस्रोमा मन्जुश्री फाइनान्सको ३७ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन गुर्खाज फाइनान्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, अंखु खोला जलविद्युतका लगानीकर्ताले ८.१३ प्रतिशतका दरले कमाएका छन् ।१०.७५ % एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले आज सर्वाधिक ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend