images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रभु स्टिल्सको ४३ लाख १७ हजार...

प्रभु स्टिल्सको ४३ लाख १७ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा

प्रभु स्टिल्सको ४३ लाख १७ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा

images
images
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • काठमाडौं- प्रभु स्टिल्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनीको ४३ लाख १७ हजार बढी कित्ता अवितरित हकप्रद सेयर आज माघ ६ गतेबाट बिक्रीमा राखिएको छ।कम्पनीले १ः१.३४ को अनुपातमा प्रतिकित्ता ५० रुपैयाँका दरले हकप्रद सेयर बिक्री खुला गरी बाँडफाँट गरेकोमा ४३ लाख १७ हजार ५० कित्ता सेयर बाँकी बसेको थियो। अहिलो सोही बाँकी बसेको सेयर प्रतिकित्ता न्यूनतम ७५ रुपैयाँमै लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो । 

    images
    images

    यो सेयरमा इच्छुक जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन दिन न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५ रुपैयाँ निर्धारण गरिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।बोलपत्र काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र यही माघ २० गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend