काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा ६.२५ अंक बढेर २६७८.८१ विन्दुमा आइपुगेको छ। यस सेसनमा १५ करोड ६७ लाख १६ हजार ७९४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ८६ कम्पनीको २ लाख ५५ हजार ९८२ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये ५३ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)



