काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको कामु सीईओमा अर्चना प्रधान नियुक्त भएकी छिन । संस्थाका सीईओ तोयराज अधिकारीले पुस १७ गते दिएको राजीनामा माघ २ गतेदेखि लागू हुने गरी स्वीकृति भएको छ ।
सञ्चालक समितिको शुक्रबार सम्पन बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्दै माघ ४ गतेबाट लागू हुने गरी सहायक महाप्रबन्धक प्रधानलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव शिवराज भण्डारीले जनाएका छन् ।




.gif)



