काठमाडौं । चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले सर्वसाधारणका निम्ति प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइसकेको जनाएको छ ।कम्पनीले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा कुल १२ करोड ५० लाखबराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले ज्योति क्यापिटललाई नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्मप्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् ।कम्पनीका अनुसार, निष्कासन गरिने सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली समेत), सामूहिक लगानी कोष तथा कर्मचारीका निम्ति छुट्ट्याइनेछ ।सम्झौताअनुसार, ज्योति क्यापिटलले हिमालयन बुलियनको आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन, नियामक निकायसँगको समन्वय, आवश्यक पत्राचार तथा अरू प्राविधिक कार्य सम्हाल्नेछ ।कम्पनी ऐन, २०६३ र धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी छिटै आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ ।




.gif)



