images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज...

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस २९ गतेदेखि यो आईपीओको निष्कासन तथा बिक्री खुला गरेको थियो ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

    images
    images

    यसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।दोस्रो चरणअन्तर्गत कम्पनीले ५ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो ।

    यस आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ । यसअनुसार प्रतिमेगावाट लागत करिब १९ करोड ८८ लाख रुपैयाँ रहेको छ ।उक्त आयोजनाको विद्युत अनुमतिपत्र अवधि २५ वर्ष बाँकी रहेको छ ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन् । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend