काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम् १० कित्ता र अधिकतम दुई लाख कित्ता शेयरसम्मका लागि आवेदन दिन सक्नेछन् ।यस आईपीओको आवेदन प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहनेछ ।आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको भूमिकामा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर वितरण गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ ।




.gif)





