images

२०८३ आश्विन १७ गते

images
images
images

माघीमा विवाहको छिनाफानो गर्ने थारू परम्परा हराउँदै

माघीमा विवाहको छिनाफानो गर्ने थारू परम्परा हराउँदै

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • तुलसीपुर (दाङ), माघ ४ । थारू समुदायमा माघी पर्वका अवसरमा उमेर पुगेका सन्तानको विवाहको छिनाफानो गर्ने पुरानो परम्परा लोप हुँदै गएको छ। पहिले माघ १ गते विवाहयोग्य सन्तान भएका परिवारमा छलफल गरिने र माघ २ गते गाउँका महत्त्वपूर्ण व्यक्तिहरू (महतवा) को घरमा बसेर सामूहिक निर्णय गर्ने चलन थियो।

    images
    images

    माघ २ गतेको भेलाले केटा वा केटी खोज्न कहाँ जाने, को–को जाने भन्ने विषय टुंगो लगाउँथ्यो। त्यसपछि माघ महिनाभर विवाहको तयारी गरी उचित समय तय गरेर बिहे गरिदिने प्रचलन रहेको थियो।

    तर पछिल्लो समय यो परम्परा हराउँदै गएको थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो। “पहिले माघीमा उमेर पुगेका सन्तानको विवाह गरिदिने चलन थियो, अहिले त्यो प्रायः हराइसकेको छ,” उनले भने।

    images
    images

    उहाँका अनुसार अहिले युवा–युवतीले आफैँ रोजेको जोडीसँग प्रेम विवाह गर्ने वा भागेर विवाह गर्ने प्रवृत्ति बढ्दै गएकाले गाउँको बैठकमा विवाह सम्बन्धी छलफल हुने क्रम घटेको छ। यसले सामूहिक निर्णयमा आधारित विवाह संस्कृतिलाई कमजोर बनाएको उनको भनाइ छ।

    थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछ। माघ महिनाभर विभिन्न सांस्कृतिक कार्यक्रमसहित माघी पर्व मनाइने भए पनि परम्परागत सामाजिक अभ्यासहरू भने क्रमशः हराउँदै गएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend