images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

images
images
शनिवार, माघ ३ २०८२
शनिवार, माघ ३ २०८२
  • तुलसीपुर (दाङ), ३ माघः तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले १३ वटा गाई र १२ वटा भैँसीपालन गर्नुभएको छ । 

    images
    images

    स्वदेशमा केही गरौँ भनेर सुरु गरेको व्यवसायबाट मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको शर्माले जानकारी दिनुभयो । “खर्च कटाएर अहिले मासिक रु एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । दैनिक ७५ लिटरसम्म दूध उत्पादन हुँदै आएको उहाँले बताउनुभयो । 

    हाल बजारमा रु ९५ प्रतिलिटर दूध बिक्री हुने शर्माले बताउनुभयो । उहाँका अनुसार दूधलाई बजारीकरण गर्न समस्या नभए पनि सरकारले ध्यान भने दिनुपर्नेमा अवस्था छ । “अहिले बजारमा दूध बेच्नलाई समस्या छैन”, उहाँले भन्नुभयो, “तर वास्तविक किसानले बजार मूल्य भने पाउन सकेका छैनन्, यसमा सरकारले ध्यान दिनुपर्छ ।” उहाँले विसं २०७७ देखि गाई र भैँसीपालन सुरु गर्नुभएको हो । हाल नौ वटा गाई र पाँच वटा भैँसीले नियमित दूध दिँदै आएका छन् । 

    images
    images

    किसान शर्माले रु १३ लाख लगानी गरेर गोठ तयार गरेको जनाउँदै रु १३ लाख जति लगानी गरेर गाई तथा भैँसी खरिद गरेको बताउनुभयो । उक्त लगानी सङ्कलन भइसकेको उहाँको भनाइ छ । उहाँले गाईभैँसीको मल पनि बिक्री गर्दै आउनुभएको छ । प्रत्येक टिपरको रु ३० हजारका दरले मल बिक्री हुने उहाँले बताउनुभयो । 

    व्यवसाय गर्ने किसानलाई पशुको निःशुल्क बिमा गर्ने, भकारो सुधार कार्यक्रम वास्तविक किसानसम्म पुग्नुपर्ने तथा पशु एआई गर्दा सरकारले वास्तविक कृषकलाई दिनुपर्नेमा शर्माले जोड दिनुभयो । उहाँले ‘शर्मा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी व्यवसाय गर्नुभएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend