काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ। बैंकले संस्थागत पहिचानलाई समय सापेक्ष र थप सशक्त बनाउने उद्देश्य सहित नयाँ लोगो तथा छाप आजदेखि लागू गरेको हो।
बैंकको १९औँ वार्षिक साधारण सभाबाट सोसम्बन्धी विशेष प्रस्ताव पारित भएपछि आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ।
बैंकका अनुसार परिवर्तित लोगोले आधुनिकता, सरलता तथा विश्वसनीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्नेछ। नयाँ पहिचानले ग्राहक, साझेदार तथा सरोकारवाला सँगको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।




.gif)





