images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य अंकको वृद्धि, ६ अर्ब...

नेप्सेमा सामान्य अंकको वृद्धि, ६ अर्ब २० करोडको कारोबार

नेप्सेमा सामान्य अंकको वृद्धि, ६ अर्ब २० करोडको कारोबार

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २० करोड ९४ लाखको सेयर कारोबार भएको छ । आज १२५ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

     राधी विद्युतको सर्वाधिक २६ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा युनियन हाइड्रोपावरको २३ करोड २६ लाख रुपैयाँ र तेस्रोमा एसवाई प्यानलको २२ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन सुपर मादी हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक ९.९४ प्रतिशतका दरले कमाएका छन् । यस्तै, थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले ८.२३ प्रतिशतका दरले कमाएका छन् ।९ % आईसीएफसी फाइनान्स डिबेन्चर २०८८ का लगानीकर्ताले आज सर्वाधिक ३.३० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend