images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • हुम्लाबाट साढे चार करोडको मह...

हुम्लाबाट साढे चार करोडको मह बिक्री

हुम्लाबाट साढे चार करोडको मह बिक्री

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • हुम्ला, पुस ३० गते । हिमाली जिल्ला हुम्लामा यसवर्ष साढे चार करोडको मह उत्पदन भएर बिक्री भएको छ । बाइस हजार पाँच सय केजी मह उत्पादन भएर अधिकांश मह बिक्री भइसकेको हो ।जिल्लाभर किसानहरु यस आर्थिक वर्ष ०८२।०८३ मा २२ हजार पाँच सय (साढे २२ मेट्रिकटन) केजी मह उपादन गरेर अधिकांश बिक्री गर्दा चार करोड पचास लाख रुपियाँ आम्दानी गर्न सफल भएको कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले बताउनुभयो । हुम्लामा महको मूल्य प्रतिकेजी दुई हजार रुपियाँ पर्ने गर्छ । यो मह दुई हजार ७७५ घारबाट उत्पादन भएको हो । यो वर्ष गत वर्षभन्दा मह उत्पादन पनि वृद्धि भएको उहाँले बताउनुभयो ।उत्पादन भएको मह अधिकांश उत्पादन गर्ने किासनहरुले बिक्री गर्न समेत सफल भएको र बिक्री भएको मह धेरै जिल्लाबाहिर सुर्खेत, नेपालगञ्ज, पोखरा र काठमाडौँ पुगेको उहाँले बताउनुभयो । जिल्लाका सात वटै गाउँपालिकामा मह उत्पादन हुने भए पनि चङ्खेली, सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिका धेरै मह र गुणस्तरीय मह उत्पादन हुने गरेको किसानहरुको भनाइ छ । स्थानीय मह व्यापारी गोर्ख बोहराले आफूले मात्र दस लाखको मह बिक्री गर्न सफल भएको बताउनुभयो ।

    images
    images

    जवकि गत वर्ष बोहराले चार लाखको मह बिक्री गर्नुभएको थियो । परम्परागत रुपमा दुई चार वटा घारबाट मह उत्पादन गर्ने किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ  लाग्न थाल्नुभएको छ ।हाल एक जना किसानले पचाससम्म मौरीका घार बनाउन सुरु गर्नुभएको कृषि विकास कार्यालयको तथ्याङ्कले देखिएको छ । किसानमा मह उत्पादन गरेर पनि कमाइ गर्न सकिन्छ भन्ने मानसिकताको ससमेत विकास भएको पाइन्छ । अघिल्लो आर्थिक वर्ष २२ दशमलव पाँच मेट्रिकटन मह उत्पादन भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend