काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ३.३४ अंक घटेर २६३६.५६ विन्दुमा आइपुगेको छ। यस सेसनमा ५ करोड १० लाख ५५ हजार ६३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४९ कम्पनीको ९१ हजार १०७ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)



