images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सिडिएससीले१०० प्रतिशत नगद लाभांश दिने, मेरो...

सिडिएससीले१०० प्रतिशत नगद लाभांश दिने, मेरो शेयर प्रयोगकर्ता ६३ लाख नाघे

सिडिएससीले१०० प्रतिशत नगद लाभांश दिने, मेरो शेयर प्रयोगकर्ता ६३ लाख नाघे

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • काठमाडौँ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले शेयरधनीलाई १०० प्रतिशत नगद लाभांश दिने भएको छ ।सोमवार भएको सिडिएसीको १५औँ वार्षिक साधारण सभाले उक्त नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । सिडिएससीले निरन्तर चार वर्षदेखि शेयरधनीहरुलाई १०० प्रतिशत लाभांश दिँदै आएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकले जानकारी दिइन् । उनका अनुसार वार्षिक साधारण सभाले प्रविधिमा गरेको सुधार, लगानीकर्ताको बढ्दो सहभागिता र आगामी रणनीतिक योजनाहरू समेत पारित गरेको छ ।सिडिएससीले आफ्ना सेयरधनीहरूलाई उच्च प्रतिफल दिने क्रमलाई निरन्तरता दिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १०० प्रतिशतले हुन आउने  ३० करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। यसअघि आ.व. २०८०÷८१ मा पनि कम्पनीले ३० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो।

    images
    images

    मेरो शेयर प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि

    कम्पनीले सञ्चालन गरेको मेरो शेयर प्लेटफर्म प्रयोग गर्ने लगानीकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आ.व. २०७९÷८० सम्म ४८.२६ लाख, आ.व. २०८०/८१ सम्म ५३.६९ लाख  र २०८१/२०८२ मङ्सिर मसान्तसम्म ६३.१६ लाख पुगेका छन् । यो तथ्याङ्कले पुँजी बजारमा प्रविधिको प्रयोग र आम नागरिकको आकर्षण बढ्दै गएको देखाएको छ।सिडिएससीले राफसाफ तथा फछ्र्यौट प्रक्रियालाई सहज बनाउन विभिन्न प्राविधिक सुधारहरू गरेको जनाएको छ । नाबालक बालिग भएपछि नागरिकता विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था, बोनस तथा हकप्रद शेयरमा पुँजीगत लाभकर गणनामा सुधार र अफलाइन डाटा ब्याकअपको व्यवस्था गरिएको छ।प्राकृतिक विपद् वा भवितव्यको अवस्थामा पनि सेवा नरोकिने सुनिश्चित गर्न हेटौँडास्थित डिजास्टर रिकभरी साइटको त्रैमासिक परीक्षण गर्ने गरिएको छ । कम्पनीले भविष्यमा पुँजी बजारलाई थप आधुनिक बनाउन निम्न योजनाहरू अघि सारेको छ ।

    images
    images

    धितो पत्र अभौतिकीकरण सम्बन्धी निर्देशिका र विनियमहरूमा समयानुकूल संशोधन गरी नेपाल धितो पत्र बोर्डमा पेस गरिएको प्रतिवेदनमा उल्लेख छ । सिडिएससीले बढ्दो बजार र प्रविधिको विकाससँगै आउने चुनौतीहरू, जस्तै साइबर सुरक्षा र पूर्वाधार व्यवस्थापनलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend