images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • निगालो होटलले आईपीओ जारी गर्दै, मुक्तिनाथ...

निगालो होटलले आईपीओ जारी गर्दै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

निगालो होटलले आईपीओ जारी गर्दै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं- निगालो होटल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । होटलले आईपीओ निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । एक औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिका राज बरालले र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा चार्टर्ड अकाउन्टेण्ट अनिल पौडेलको पनि सभागिता रहेको थियो । 

    images
    images

    नगरकोटमा अवस्थित चार तारे होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ । परम्परागत हेरिटेज शैली र आधुनिक सुविधासहित सञ्चालन हुने होटलमा ६८ प्रिमियम कोठा, बैंक्वेट हल, रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिमलगायत सुविधा रहनेछन् ।करिब १ अर्ब रुपैयाँ लगानी रहने उक्त होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने जानकारी पनि कम्पनीले दिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend