images

२०८३ कार्तिक ६ गते

images
images
images
  • शेयर
  • सामाजिक सञ्जालका विश्लेषकको पछि नलाग्नुः नेप्सेको...

सामाजिक सञ्जालका विश्लेषकको पछि नलाग्नुः नेप्सेको सुझाव

सामाजिक सञ्जालका विश्लेषकको पछि नलाग्नुः नेप्सेको सुझाव

images
images
सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • नेपाल स्टक एक्सचेन्ज (नेप्सें) ले लगानीकर्तालाई सामाजिक सञ्जालका विश्लेषकको पछि नलाग्न सुझाव दिएको छ। हालै एक सार्वजनिक सूचना जारी गर्दै नेप्सेले सामाजिक सञ्जालमा आएका विश्लेषणको आधारमा लगानी नगर्न अनुरोध गरेको हो।

    images
    images

    नेपालमा हालसम्म कुनै पनि निकायले कसैलाई बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने व्यवस्था गरेको छैन, सूचनामा भनिएको छ । यसको अर्थ सामाजिक सञ्जालमा सक्रिय विश्लेषकहरू आधिकारिक रूपमा मान्यता प्राप्त व्यक्तिहरू होइनन् ।

    नेप्सेले सामाजिक सञ्जालका प्लेटफर्म फेसबुक, एक्स (ट्विटर), क्लबहाउस, र अन्य माध्यममा देखापर्ने विश्लेषणलाई आधार बनाएर लगानी गर्दा जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएको छ । यस्ता अनधिकृत विश्लेषकको सल्लाहमा भरोसा गरेर निर्णय गर्दा लगानीकर्तालाई नकारात्मक असर पर्न सक्ने भन्दै नेप्सेले सचेत गराए हो ।

    images
    images

    सामाजिक सञ्जालमा आएका विश्लेषण भन्दा पनि यथार्थ बुझेर मात्र लगानी सम्बन्धी निर्णय लिन नेप्सेले अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend