images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी...

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

images
images
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर सार्वजनिक निष्काशन प्रक्रियाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।यस सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडबीच बिहीबार सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार हिमालयन क्यापिटलले आईपीओ निष्काशनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन तथा प्रक्रियागत कार्य सम्हाल्नेछ ।

    images
    images

    कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।आईपीओ निष्काशनबाट संकलित पूँजी आयोजनाको निर्माण कार्य सम्पन्न गर्न तथा कम्पनीको वित्तीय संरचना सुदृढ बनाउन उपयोग गरिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनको मिति, मूल्य र कित्ताको विवरण भने आवश्यक स्वीकृति पश्चात सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend