images

२०८३ आश्विन २० गते

images
images
images

आजदेखि खुल्यो पाल्पा सिमेन्टको आईपीओको आवेदन

आजदेखि खुल्यो पाल्पा सिमेन्टको आईपीओको आवेदन

images
images
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि आवेदन खुला गरेको छ ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ जारी गरेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये पाँच प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता शेयर पश्चिम नवलपरासी र पाल्पा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

    images
    images

    यस्तै, कुल जारी शेयरको १५ प्रतिशतको १० प्रतिशत अर्थात पाँच लाख ६२ हजार पाँच सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरिएको छ ।स्थानीय बासिन्दा र वैदेशिक रोजगारीतर्फ छुट्याइएको शेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणमा समायोजन गरी निष्काशन गरिने कम्पनीले जनाएको छ ।आईपीओमा न्यूनतम् १० कित्ता र अधिकतम् एक लाख कित्ता सम्म आवेदन दिन सकिनेछ ।आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन अवधि माघ ९ देखि माघ २५ गतेसम्म तोकिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन पुस ३० देखि माघ ९ गतेसम्म खुला रहनेछ ।

    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ।पहिलो चरणअन्तर्गत स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend