images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सानिमा रिलायन्स लाइफको १०.१७ प्रतिशत नगद...

सानिमा रिलायन्स लाइफको १०.१७ प्रतिशत नगद लाभांश घोषणा

सानिमा रिलायन्स लाइफको १०.१७ प्रतिशत नगद लाभांश घोषणा

images
images
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • काठमाडौं।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.१७८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाखको १०. १७८ प्रतिशतका दरले हुने रकम ५१ करोड ४ लाख १८ हजारबराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

    images
    images

    इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा बिहीबार रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न भयो । साधारणसभामा प्रस्तुत आव २०८१/०८२ वार्षिक प्रतिवेदनसहित लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित भएको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणालीको विकास, ग्राहकमुखी सेवा र अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम हुँदै आएको बताए । उनले शाखा सञ्जालको विस्तार, सूचना प्रविधिको प्रयोग, मजबुत आन्तरिक नियन्त्रण प्रणाली, खर्चमा मितव्ययिता, कर्मचारीहरूको उच्च मनोबल, बिमितहरूको विश्वास तथा अभिकर्ताहरूको उत्प्रेरणादायी सहयोग, सञ्चालक समितिको अभिभावकीय भूमिकाका साथै मार्गनिर्देशनका कारण बिमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी गराए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend