काठमाडौं । आज पुस २५ गते एकै दिन दर्जनबढी सूचीकृत कम्पनीहरूले आफ्नो वार्षिक साधारणसभा आयोजना गर्दैछन् । बैंक–वित्तीय संस्था, बीमा, जलविद्युत् तथा अन्य क्षेत्रका कम्पनीहरूको सभामा वित्तीय विवरण पारित, लेखापरीक्षक नियुक्ति, सञ्चालक चयनसँगै लाभांश प्रस्ताव मुख्य एजेन्डाका रूपमा रहेका छन् ।आज साधारणसभा गर्ने प्रमुख कम्पनीहरूमा गोरक्ष हाइड्रोपावर, साना किसान विकास लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त, त्रिशुली जलविद्युत्, रु रु जलविद्युत् परियोजना, साझा पावर, रिडी पावर, सन नेपाल लाइफ इन्स्योरेन्स, सुपर हेवा पावर, सयपत्री हाइड्रोपावर, हाइड्रो भिलेज, इलेक्ट्रो पावर, कालिका इनर्जी र सिउरी न्यादी पावर रहेका छन् ।
क-कसले लाभांश पारित गर्दैछन् ?
आजको साधारणसभामा केही कम्पनीले नगद तथा बोनस लाभांश पारित गर्ने प्रस्ताव अघि सारेका छन् । जसमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ०.७५ प्रतिशत नगद र १४.२५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्दैछ ।स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ४.३६८५ प्रतिशत नगद र ५.६३६५ प्रतिशत बोनस सेयर दिने भएको छ । रु रु जलविद्युत् परियोजनाले ५.७८९ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले १५.२६३२ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
अन्य धेरै जलविद्युत् तथा ऊर्जा कम्पनीहरूको सभामा भने मुख्य रूपमा वित्तीय वर्ष २०८१/८२ (केहीको २०८०/८१) को वित्तीय विवरण पारित, लेखापरीक्षक नियुक्ति, स्वतन्त्र सञ्चालक चयन, कम्पनीको अधिकृत/चुक्ता पुँजी वृद्धि, सेयर निष्काशन, ऋण स्वीकृति तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन जस्ता प्रस्ताव समावेश छन् ।




.gif)





