images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्सेमा ४.५९ अंकको वृद्धि, कारोबार भने...

नेप्सेमा ४.५९ अंकको वृद्धि, कारोबार भने ४ अर्ब ९० करोडमा सीमित

नेप्सेमा ४.५९ अंकको वृद्धि, कारोबार भने ४ अर्ब ९० करोडमा सीमित

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काठमाडौं- साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाखको सेयर कारोबार भएको छ । आज १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ । 

    images
    images

    आज एसवाई प्यानलको सर्वाधिक २० करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा बन्दीपुर केवलकारको १७ करोड ६० लाख रुपैयाँ र तेस्रोमा सान्भी इनर्जीको १५ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक ८.१६ प्रतिशतका दरले कमाएका छन् । यस्तै, एसवाई प्यानलका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले कमाएका छन् ।सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ३.९० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend