images

२०८३ आश्विन १८ गते

images
images
images

स्याङ्जामा धान उत्पादन बढ्यो

स्याङ्जामा धान उत्पादन बढ्यो

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • वालिङ (स्याङ्जा), पुस २३  गते ।  गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो ।गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले जानकारी दिनु भयो । स्याङ्जामा यस वर्ष नौ हजार ७२ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको थियो । जिल्लामा क्रमशः धान उत्पादन हुने क्षेत्रफल घट्दै गइरहेको छ भने उत्पादनमा वृद्धि हुँदै गइरहेको कार्यालयले जनाएको छ । 

    images
    images

    “पछिल्ला वर्षमा उन्नत जातका बीउको प्रयोग, आधुनिक यन्त्र उपकरण तथा प्रविधिको प्रयोग बढ्दै गएको छ”, पाठकले भन्नुभयो, “बढ्दो प्रविधिको प्रयोग सँगसँगै अनुकुल वातावरणका कारण पनि उत्पादकत्व वृद्धि भएको हो ।” देशका कतिपय ठाउँमा लगाइएको धानबाली भित्र्याउने बेलामा परेको बेमौसमी पानीले क्षति पु¥याए पनि स्याङ्जामा भने त्यति ठुलो क्षति हुन नपाएकाले उत्पादनमा कमी नभएको उहाँको भनाइ छ ।जिल्लामा धान खेती हुने कुल क्षेत्रफलमध्ये झण्डै ४० प्रतिशतमा ‘हाइब्रिड’ र उन्नत जातका बिउको प्रयोग हुने गरेको अर्थविज्ञ पाठकले जानकारी दिनु भयो । यस वर्ष प्रतिहेक्टर चार दशमलव ५९ मेट्रिकटन धानको उत्पादकत्व रहेकामा गत वर्ष प्रतिहेक्टर चार दशमलव तीन मेट्रिकटन थियो । गत वर्ष स्याङ्जामा ६७ हेक्टर क्षेत्रफलमा ३०६ मेट्रिकटन चैते धान उत्पादन भएको थियो ।

    जिल्लाका आँधीखोला किनार, ज्याग्दी खोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धान खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ पाठकले जानकारी दिनु भयो । उहाँका अनुसार यहाँ घरायसी प्रयोजन तथा बिउका लागि धान उत्पादन हुँदै आएको छ । यहाँका किसानले गत वर्षमात्रै करिब एक करोडको धानको बिउ बिक्री गरी आम्दानी गरेका थिए । सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बिउ बिक्रीबाट स्याङ्जाका किसानले आम्दानी गर्दै आएका कृषि विकास कार्यालयले जनाएको छ ।सरकारले बनाएको विद्युतीय बिउ व्यवस्थापन प्रणाली (डेसिस) मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बिउ स्याङ्जासहित बाहिरी जिल्लामा पनि बिक्री भइरहेको कार्यालयका अर्थविज्ञ पाठकले बताउनु भयो । उहाँका अनुसार जिल्लामा रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथ लगायत उन्नतसहित स्थानीय जातका धान लगाउने गरिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend