images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • आज देशभर राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन...

आज देशभर राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता

आज देशभर राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौँ, २३ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

    images
    images

    राष्ट्रियसभामा रिक्त हुन लागेको कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरेको थियो भने मतदाता नामावली माथि दावी–विरोध भए–नभएको यकिन गरी अन्तिम नामावली मङ्गलबार सार्वजनिक गरिसकेको छ ।

    आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

    images
    images

    आयोगका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने तथा सोही दिन दिउँसो अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ । त्यसैगरी पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जानकारी दिएको छ ।

    आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी समय तोकिएको छ । राष्ट्रियसभाका १८ सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ ।

    निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता संख्या र मतभार समेत सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend