images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • गोठालो मार्ने बाघ खोज्न क्यामेरा जडान,...

गोठालो मार्ने बाघ खोज्न क्यामेरा जडान, हालसम्म फेला परेन

गोठालो मार्ने बाघ खोज्न क्यामेरा जडान, हालसम्म फेला परेन

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • बाँके । बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ सौरीमा मानिसलाई आक्रमण गरी ज्यान लिने बाघको खोजीका लागि क्यामेरा जडान गरेको छ। घटनास्थल वरपर पाँचवटा स्वचालित क्यामेरा राखेर अनुगमन गरिए पनि हालसम्म बाघ फेला नपरेको निकुञ्ज प्रशासनले जनाएको छ।

    images
    images

    निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार बाघ सोही क्षेत्रमा रहने वा अन्यत्र गयो भन्नेबारे क्यामेराको सहायताले निगरानी भइरहेको छ। बाघ दुर्घटनास्थलमा नफर्किएकाले आफ्नो आहारा लिएर वा अन्य बाटो लागेको हुनसक्ने अनुमान गरिएको छ। गत शनिबार गाई चराउन गएका ६२ वर्षीय मरिचमान भण्डारीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।

    बाघले गाई मारेर खाइरहेको बेला भण्डारी नजिकै पुगेकाले आफ्नो आहारा जोगाउन बाघले अचानक आक्रमण गरेको हुनसक्ने निकुञ्जको प्रारम्भिक अनुमान छ। यो घटनापछि सौरी गाउँका बासिन्दा त्रसित बनेका छन्। निकुञ्जले स्थानीयलाई जंगल क्षेत्रमा जाँदा सावधानी अपनाउन र एक्लै नजान आग्रह गरेको छ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend