images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • अत्यधिक तरलता थुप्रिदा राष्ट्र बैंकले जारी...

अत्यधिक तरलता थुप्रिदा राष्ट्र बैंकले जारी गर्यो २५ अर्बको ऋणपत्र

अत्यधिक तरलता थुप्रिदा राष्ट्र बैंकले जारी गर्यो २५ अर्बको ऋणपत्र

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • नेपाल राष्ट्र बैंकले आज पुस २२ गते पनि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ घ’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइन माध्यमबाट बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बोलकबोलकै आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ। यो एक वर्षे अवधिको ऋणपत्र हो, जसको साँव भुक्तानी २०८३ पुस २२ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था छ।

    images
    images

    यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी बोलपत्र पेस गर्न सकिनेछ। साथै, यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोका रूपमा प्रयोग गर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend