images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकको...

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकको सन्देश

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकको सन्देश

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ, पुस २२ । नेपाल राष्ट्र बैंकले आम नागरिकमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय व्यवहारमा सचेत, जिम्मेवार र सुरक्षित रहन आग्रह गरेको छ। बैंकले बचत, कर्जा, लगानी तथा डिजिटल भुक्तानीका माध्यम प्रयोग गर्दा पर्याप्त जानकारी र सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ।

    images
    images
    NRB NOTICE.jpg
    undefined

    राष्ट्र बैंकका अनुसार अनियन्त्रित कर्जाप्रवाह, अव्यवस्थित खर्च र अनधिकृत वित्तीय संस्थामा लगानी गर्दा व्यक्ति तथा परिवारको आर्थिक अवस्था जोखिममा पर्न सक्ने भएकाले आधिकारिक बैंक तथा वित्तीय संस्था मार्फत मात्र वित्तीय कारोबार गर्न आग्रह गरिएको छ।

    डिजिटल बैंकिङ, मोबाइल वालेट, अनलाइन कारोबारजस्ता सेवाहरूको प्रयोग बढ्दै गएको सन्दर्भमा साइबर सुरक्षाप्रति सचेत रहन, गोप्य विवरण कसैलाई नदिन र शंकास्पद सन्देश तथा लिंकबाट टाढा रहन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।

    images
    images

    त्यसैगरी, वित्तीय योजना, नियमित बचतको आदत, आम्दानीअनुसार खर्च व्यवस्थापन र दीर्घकालीन लक्ष्यअनुसार लगानी गर्न सके आर्थिक स्थायित्व हासिल गर्न सकिने राष्ट्र बैंकको भनाइ छ।

    नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता नै समृद्ध र सुरक्षित आर्थिक भविष्यको आधार भएको उल्लेख गर्दै सबै नागरिकलाई वित्तीय रूपमा सचेत बन्न आह्वान गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend