images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • अत्यधिक चिसोका कारण नवलपरासीमा माछा मर्न...

अत्यधिक चिसोका कारण नवलपरासीमा माछा मर्न थाले

अत्यधिक चिसोका कारण नवलपरासीमा माछा मर्न थाले

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २२ पुस । अत्यधिक चिसो र लामो समयदेखि जारी शीतलहरका कारण नवलपरासी जिल्लामा व्यावसायिक रूपमा पालिएका माछा मर्न थालेका छन्।

    images
    images

    पाल्हीनन्दन गाउँपालिका–४ का कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताए। विगत १० वर्षदेखि छ बिघा क्षेत्रफलमा व्यावसायिक माछापालन गर्दै आएका सहानीका अनुसार पोखरीको तापक्रम अत्यधिक घटेपछि माछा मर्न थालेका हुन्। चिसो बढेपछि माछाले दाना खान पनि छोडेको उनले जानकारी दिए।

    त्यसैगरी, प्रतापपुर गाउँपालिका–२ का भवानी शङ्कर यादवले १६ बिघामा व्यावसायिक माछापालन गर्दै आएका छन्। उनले अत्यधिक चिसोका कारण करिब २० क्विन्टल बैखी जातका माछा मरेको बताए। यसले आफूलाई ठूलो आर्थिक क्षति पुगेको यादवको भनाइ छ।

    images
    images

    किसानहरूले चिसो नियन्त्रणका लागि आवश्यक प्रविधि र सरकारी सहयोगको माग गरेका छन्। निरन्तर चिसो यस्तै रहिरहेमा जिल्लाका अन्य माछा पालक किसानहरू पनि प्रभावित हुने जोखिम रहेको उनीहरूको चिन्ता छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend