images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • गोर्खा मिडियाबाट रवि लामिछानेले १८ महिनामा...

गोर्खा मिडियाबाट रवि लामिछानेले १८ महिनामा बुझेका थिए १ करोड ४ लाख रुपैयाँ तलब

गोर्खा मिडियाबाट रवि लामिछानेले १८ महिनामा बुझेका थिए १ करोड ४ लाख रुपैयाँ तलब

images
images
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधिमा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ ।

    images
    images

    सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको छानविन समितिले उल्लेख गरेको छ ।

    लामिछानेले आर्थिक वर्ष २०७८/७९ मा ७४ लाख ३६ हजार ५८७ र त्यसको अघिल्लो आवमा ३० लाख रुपैयाँ तलबबापत लिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

    images
    images

    विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा ६५ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर भएको तथ्य समितिले खुलासा गरेको छ । सोही रकमबाट लामिछानेले १ करोडभन्दा बढी तलब लिएका हुन् । गोर्खा मिडिया नेटवर्कमा तलबबापत २ आर्थिक वर्षमा १४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend