images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • ज्योति विकास बैंकद्वारा कोशीका दुर्गम स्वास्थ्य...

ज्योति विकास बैंकद्वारा कोशीका दुर्गम स्वास्थ्य चौकीलाई 'बेबी वार्मर' हस्तान्तरण

ज्योति विकास बैंकद्वारा कोशीका दुर्गम स्वास्थ्य चौकीलाई 'बेबी वार्मर' हस्तान्तरण

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • खोटाङ । ज्योति विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशका विभिन्न दुर्गम जिल्लाका स्वास्थ्य चौकीहरूलाई नवजात शिशुको जीवन रक्षाका लागि उपयोगी 'बेबी वार्मर' (न्यानो नानी) मेसिन प्रदान गरेको छ। नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मियाबाट जोगाउन बैंकले संखुवासभाको सिसुवाखोला हेल्थ पोस्ट र नुम प्राथमिक स्वास्थ्य केन्द्र, खोटाङको पुजनसेवा नगर अस्पताल तथा पाँचथरको एकतीन हेल्थ पोस्टमा उक्त उपकरण जडान गरेको हो। 

    images
    images

    बैंकले आफ्नो शाखा नभएका स्थानमा समेत पुगेर यी उपकरण उपलब्ध गराउँदै सुरक्षित प्रसूति सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ। उपकरण हस्तान्तरणसँगै बैंकले सम्बन्धित स्वास्थ्यकर्मीहरूलाई मेसिन सञ्चालन सम्बन्धी विशेष तालिम समेत प्रदान गरेको छ। ज्योति विकास बैंकले हालसम्म देशभर ७० वटा बेबी वार्मर जडान गरिसकेको छ, जसबाट वार्षिक करिब २४४२ भन्दा बढी शिशुको जीवन रक्षा भइरहेको छ। सामाजिक कार्यका लागि आफ्नो मुनाफाबाट अन्य बैंकको तुलनामा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको यस बैंकले गत आर्थिक वर्षमा राज्यलाई ४१ करोड रुपैयाँ कर बुझाएको छ। हाल बैंकले ११८ शाखा र ७५ वटा एटीएममार्फत देशभर सेवा दिइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend