images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले आज एकवर्षे ऋणपत्रमार्फत २५...

राष्ट्र बैंकले आज एकवर्षे ऋणपत्रमार्फत २५ अर्ब झिक्दै

राष्ट्र बैंकले आज एकवर्षे ऋणपत्रमार्फत २५ अर्ब झिक्दै

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौँ । राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’मार्फत उक्त रकम झिक्न लागेको हो ।१० वर्षपछि राष्ट्र बैंकले गत साता सोमबार पहिलो पटक ऋणपत्र जारी गरेको थियो । त्यसपछि गत बुधबार पनि ऋणपत्रमार्फत एक वर्षका लागि २५ अर्ब रुपैयाँ झिकेको थियो । आज फेरि त्यस्तै ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको हो । यस वर्ष जारी भएको यो तेस्रो राष्ट्र बैंक ऋणपत्र हो । यसको परिपक्व अवधि एक वर्ष रहेको छ ।

    images
    images

    ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ नाम दिइएको उक्त ऋणपत्रमा पुस २० (आज) २०८२ मध्याहृन २ बजे बोलकबोल हुने सूचनामा उल्लेख छ ।उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६/६ महिनामा ब्याज भुक्तानी हुनेछ । एक वर्षपछि २० पुस २०८३ मा ऋणपत्रको साँवा भुक्तानी हुनेछ ।लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिनेछ । यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न सकिन्छ ।ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी)ले मात्र खरिद गर्न पाउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend