images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • पुस २९ देखि सोलु हाइड्रोपावरको आईपीओ...

पुस २९ देखि सोलु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुल्दै

पुस २९ देखि सोलु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुल्दै

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँड गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गर्ने जनाएको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २ करोड कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोअनुसार पहिलो चरणमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० लाख कित्ता शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न भइसकेको छ।

    images
    images

    अब बाँकी रहेको ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्न लागिएको हो ।आईपीओमा आवेदन दिने अवधि पुस २९ गतेदेखि माघ ४ गतेसम्म बैंकिङ समयभित्र रहनेछ। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेमा भने माघ १४ गतेसम्म निष्कासन अवधि थप गरिने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend