images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • इनास नेपाल र केडीसी जनरल अस्पतालबीच...

इनास नेपाल र केडीसी जनरल अस्पतालबीच सम्झौता

इनास नेपाल र केडीसी जनरल अस्पतालबीच सम्झौता

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को नेपाल शाखा र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र (केडीसी जनरल अस्पताल)बीच स्वास्थ्य सहकार्य हुने भएको छ ।दुई संस्थाका प्रमुखले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । इनासको नेपाल शाखाका तर्फबाट अध्यक्ष ऋषि लामिछाने र अस्पतालका तर्फबाट निर्देशक प्रतीक्षा श्रेष्ठले हस्ताक्षर गरे ।सम्झौताअनुसार, इनास नेपालका शाखाका सदस्य, उनीहरूका परिवार तथा सिफारिस प्राप्त व्यक्तिलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।
     
    सम्झौताअनुसार सो अस्पताल इनास नेपालको ‘स्वास्थ्य साझेदार’ हुनेछ । इनासका सदस्यले भर्ना उपचार (आईपीडी) अन्तर्गत बेड तथा वार्ड शुल्कमा २५ प्रतिशत छुट, बाह्य विरामी तथा क्लिनिकल सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।प्रयोगशाला, रेडियोलोजी, विशेषज्ञ उपचार, फार्मेसी, फिजियोथेरापी तथा दन्त सेवाअन्तर्गत इम्प्लान्ट, क्लियर अलाइनर, ब्रेसेस, आरसिटी तथा कस्मेटिक सर्जरीमा ७ प्रतिशत छुटको व्यवस्था गरिएको प्रेस नोटमा उल्लेख छ ।समारोहमा इनासका एसिया संयोजक तथा गीतकार दयाराम पाण्डेले कला, संस्कृति र स्वास्थ्य क्षेत्रलाई जोड्ने कार्यमा यो सहकार्य उदाहरणीय भएको बताए ।“कलाकारको सिर्जनशिलतालाई सुरक्षित राख्न स्वास्थ्य अत्यावश्यक छ । इनास र कान्तिपुर डेन्टलबीचको यो सम्झौताले कलाकारमैत्री सोचलाई संस्थागत रूपमा स्थापित गरेको छ”, पाण्डेले भने ।अध्यक्ष लामिछानेले कलाकारको स्वास्थ्य सुरक्षाका लागि सम्झौता ऐतिहासिक भएको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend