images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • आफ्नै जिल्लामा उपचारको व्यवस्था मिलाउन मुख्यमन्त्री...

आफ्नै जिल्लामा उपचारको व्यवस्था मिलाउन मुख्यमन्त्री यादवको निर्देशन

आफ्नै जिल्लामा उपचारको व्यवस्था मिलाउन मुख्यमन्त्री यादवको निर्देशन

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशका आठवटै जिल्लाका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) तथा सम्बन्धित कार्यालय प्रमुखहरूलाई जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र छरितो रूपमा हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शुक्रबार मुख्यमन्त्री यादवले कार्यालय प्रमुखहरूकाे बाेलाएर साे निर्देशन दिएका हुन् ।उनले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सामान्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा विशेष जोड दिए ।  यादवले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिए ।

    images
    images

    बैठकमा जनताको गुनासो, उपचारका क्रममा देखिएका समस्या तथा सेवाको गुणस्तर सुधारका उपायबारे विस्तृत छलफल भएको थियो । मुख्यमन्त्री यादवले सबै मेसु तथा कार्यालय प्रमुखहरूलाई जिम्मेवारीपूर्वक काम गर्दै परिणाममुखी सेवा दिन आग्रह गरे ।प्रदेश सरकार जनताको स्वास्थ्य सेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वास्थ्य क्षेत्र सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend