images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • चालु आर्थिक वर्षको दुई महिनामा पचास...

चालु आर्थिक वर्षको दुई महिनामा पचास करोड राजस्व सङ्कलन

चालु आर्थिक वर्षको दुई महिनामा पचास करोड राजस्व सङ्कलन

images
images
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • काठमाडौं । भद्रपुर (झापा) आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो । 

    images
    images

    अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताउनुभयो । “साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८७ दशमलव ६१ प्रतिशत राजस्व सङ्कलन भयो । चालु आवको पहिलो दुई महिनामा मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन भएन” उहाँले भन्नुभयो ।

    उक्त कार्यालयले आयकरबाट रु १५ करोड ७६ लाख १४  हजार, ब्याजबापत रु दुई करोड ६१ लाख १७ हजार, मूल्य अभिवृद्धि करबापत रु २० करोड १६ लाख ८७ हजार अन्तःशुल्कबापत रु १० करोड ७८ लाख आठ हजार सङ्कलन गरेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend