images

२०८३ आश्विन १६ गते

images
images
images

पुटिनले फिर्ता बोलाए रिजर्भ सेना

पुटिनले फिर्ता बोलाए रिजर्भ सेना

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • मस्को । पछिल्ला दिन युक्रेनले रुसमाथि ड्रोन आक्रमण बढाएको छ । यही बिचमा रुसले आफ्नो आन्तरिक सुरक्षातर्फ एउटा ठुलो कदम चालेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशभरका महत्त्वपूर्ण प्रतिष्ठान र पूर्वाधारहरूको सुरक्षाका लागि युद्धका लागि राखिएका ‘रिजर्भ’ फिर्ता बोलाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । हालै भल्दाईमा रहेको पुटिनको निवास नजिकै ड्रोन आक्रमण भएको खबर बाहिर आएलगत्तै उक्त कदम चालिएको हो । रिजर्भ सेना फिर्ता बोलाउनुलाई रुसले अब आन्तरिक सुरक्षामा बढी ध्यान दिइरहेको रुपमा अर्थ्याउन लागिएको छ ।

    images
    images

    राष्ट्रपति पुटिनको आदेशअनुसार, सन् २०२६ मा रुसी सशस्त्र बलको मोबिलाइजेशन रिजर्भमा सामेल रहेका नागरिकहरूलाई विशेष प्रशिक्षण शिविरहरूमा पठाइनेछ । यिनीहरूको काम देशका महत्त्वपूर्ण प्रतिष्ठान र पूर्वाधारहरूको सुरक्षा सुनिश्चित गर्नु हुनेछ । यो आदेश तुरुन्तै लागू हुने बताइएको छ ।

    यी प्रतिष्ठानहरूको गरिनेछ सुरक्षा

    images
    images

    आदेशमार्फत रुसी सरकारलाई महत्त्वपूर्ण प्रतिष्ठानहरू र अन्य आवश्यक पूर्वाधारहरूको सूचीलाई अन्तिम रूप दिन निर्देशन दिइएको छ । यसमा ऊर्जा केन्द्र, यातायात नेटवर्क र रणनीतिक संस्था आदि समावेश हुन सक्नेछन् । विशेष प्रशिक्षण अभ्यासहरू सञ्चालन गर्ने सैन्य एकाइहरूको पहिचान गर्ने जिम्मेवारी रक्षा मन्त्रालयलाई दिइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend