images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • आईएमई हस्पिटालिटीमा एन आई सी एशिया...

आईएमई हस्पिटालिटीमा एन आई सी एशिया बैंकका ग्राहकलाई १० प्रतिशत छुट

आईएमई हस्पिटालिटीमा एन आई सी एशिया बैंकका ग्राहकलाई १० प्रतिशत छुट

images
images
आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • काठमाडौं। एन आई सी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीअन्तर्गतका होटल, रिसोर्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।यससम्बन्धी सम्झौतापत्रमा बैंकका डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्।

    images
    images

    यो सुविधाअन्तर्गत बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले होटल ले हिमालय, इला होटल्स एण्ड रिसोर्ट्स, ​इला कम्फर्ट, द लेकसाइड रिसोर्ट, सेक एण्ड फेंग रेष्टुरेन्ट, मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा छुट प्राप्त गर्नेछन्।यस सहकार्यले ग्राहकलाई सहुलियत मिल्नुका साथै डिजिटल भुक्तानी र नगदरहित कारोबारमा प्रोत्साहन मिल्ने बैंकले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend