काठमाडौं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा ०.९४ अंक बढेर २५८६.८१ विन्दुमा आइपुगेको छ। यस सेसनमा २ करोड ९६ लाख १७ हजार ९९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५६ कम्पनीको ६४ हजार ६५९ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)



