नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि गत बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।उक्त दिन सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रूपैयाँ पुगेको छ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार दुई सय रूपैयाँ बढी हो।बिहीबार भने सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो।बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा चार हजार चार सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।




.gif)



