images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • अकबरे खुर्सानी र हरियो धनियाँको भाउ...

अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढ्यो

अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढ्यो

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • १० पुस, काठमाडौं । बजारमा हरियो अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढेको हो ।अकबरे खुर्सानीको भाउ प्रतिकिलो थोकमा औसत ४१ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा औसत ३ सय २५ रुपैयाँमा अकबरे खुर्सानी किनबेच भएको थियो । आज प्रतिकिलो भाउ ३ सय ६६ रुपैयाँ कायम छ ।

    images
    images

    यस्तै आज हरियो धनियाँको भाउ पनि प्रतिकिलो औसत ३२ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो ६० रुपैयाँमा किनबेच भएको हरियो धनियाँ आज बिहीबार ९२ रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend