images

२०८३ आश्विन १८ गते

images
images
images

नगरकोट रिसोर्टले १५ करोडका आईपीओ ल्याउँदै

नगरकोट रिसोर्टले १५ करोडका आईपीओ ल्याउँदै

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनको लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएको छ । नगरकोट रिसोर्ट लिमिटेडले १५ करोड रुपियाँबराबरको साधारण शेयर निष्काशन गर्नेछ । जसअनुसार रिसोर्टले १०० रुपियाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि जारी गर्नेछ ।

    images
    images

    रिसोर्टको साधारण शेयर निष्काशनको कार्य गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको छ भने कर्पोरेट एडभाइजरी सम्बन्धी कार्य श्री ज्योति क्याटिपल लिमिटेडले गर्दै आइरहेको छ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएसँगै होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरूका लागि नयाँ लगानी अवसर थपिएको छ । पछिल्लो समय पर्यटन उद्योगमा सुधार देखिन थालेसँगै यस क्षेत्रका कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ ।नगरकोट रिसोर्ट लिमिटेडको आईपीओ स्वीकृति तथा निष्कासनसम्बन्धी आगामी प्रक्रिया नेपाल धितोपत्र बोर्डको नियामक निर्णयअनुसार अगाडि बढ्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend